काठमाडौँ । नेपाल प्रहरीको प्राविधिक प्रहरी समूह, इन्जिनियरिङ उपसमूह (मेकानिकल इन्जिनियरिङ तथा सवारीतर्फ)का ३० जना प्रहरी जवानहरूलाई प्रहरी सहायक हवलदार पदमा बढुवाका लागि सिफारिस गरिएको छ। नेपाल प्रहरी प्रधान कार्यालय, बढुवा समितिको३ असोज २८ गतेको बैठकको
२८ असोज, काठमाडौं । चितवनको भरतपुर महानगरपालिका–२९ खहरेस्थित मुग्लिन–नारायणगढ सडकखण्डमा बसले रोकिराखेको ट्रकलाई ठक्कर दिँदा ८ जना घाइते भएका छन्। जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक अनिल थापाका अनुसार बिहीबार बिहान करिब ४:१० बजे काठमाडौँबाट नेपालगञ्जतर्फ जाँदै गरेको ना.६ ख १८९० नम्बरको बसले सडक छेउमा रोकिराखेको लु.२ ख ५२७६ नम्बरको ट्रकलाई ठक्कर दिएको हो।
काठमाडौँ । नेपाल प्रहरीको प्राविधिक प्रहरी समूह, इन्जिनियरिङ उपसमूह (सूचना प्रविधि/कम्प्युटरतर्फ)का १४ जना प्रहरी जवानहरूलाई प्रहरी सहायक हवलदार पदमा बढुवाका लागि सिफारिस गरिएको छ। नेपाल प्रहरी प्रधान कार्यालय, बढुवा समितिको असोज २८ गते बसेको बैठकको निर्णयअनुसार
२९ असोज, सुर्खेत । उपल्लो डोल्पाका तीन गाउँपालिकाका पाटन क्षेत्र स्थानीयवासीको जीविकोपार्जनको महत्वपूर्ण आधार बन्दै आएको छ । उच्च हिमाली भेगका पाटनमा पाइने बहुमूल्य जडीबुटी संकलन गरेर यहाँका बासिन्दाले आम्दानी गर्दै आएका छन्। डोल्पाका स्थानीयवासी मात्र नभई छिमेकी जाजरकोट, रुकुम पश्चिम र जुम्लाका बासिन्दासमेत जडीबुटी संकलनका लागि उपल्लो डोल्पा पुग्ने गरेका छन् । पाटन क्षेत्रमा
'एक्सन भनेको बिनाकारण मारकाट गर्नु मात्रै होइन। पुरानै शैलीको बदलाको कथा बनाएर हुँदैन,' चन्द्र भन्छन्, 'राम्रो कथा, बलियो इमोसन र तर्कसंगत एक्सन भएको विषय पाएँ भने पक्कै एक्सन फिल्म बनाउँछु।'
स्याङ्जा । स्याङ्जाको वालिङ १ यवादीमा अवस्थित कृषि विकास श्रोत केन्द्रले उत्पादन लागत कम गर्न आधुनिक यन्त्र उपकरणको प्रयोगमा जोड दिएको छ । गण्डकी प्रदेशका एघार जिल्ला कार्यक्षेत्र रहेको कार्यालयले पहिलो पटक धान काट्ने अत्याधुनिक मेसिनको
काठमाडौँ । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशका हिमाली र पहाडी भूभागमा आंशिक बादल लागेको छ । देशका तराई भूभागमा मौसम मुख्यतया सफा रहेको
नवलपरासी । दसैँमा लिङ्गे पिङ हाल्नका लागि नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा वडा कार्यालयले आर्थिक सहयोग गर्ने भएको छ । जिल्लाको गैँडाकोट नगरपालिका–२ को कार्यालयले वडाका सम्पूर्ण टोल विकास संस्थालाई लिङ्गे पिङ राख्नका लागि आर्थिक सहयोग गर्ने भएको हो
२९ असोज, काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले वार्षिक ६ प्रतिशत ब्याजदर दिने गरी निष्कासन गरेको ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र सर्वसाधारणका लागि खुला गरेको छ । बैंकले ‘६ प्रतिशत आरबिबिएल डिबेन्चर २०८९’ नामको ऋणपत्रमा आज असोज २९ गतेदेखि आवेदन दिन सकिने जनाएको छ । सात वर्ष अवधिको उक्त ऋणपत्रमा कात्तिक १० गतेसम्म आवेदन दिन
२८ असोज, गोरखा । गोरखाको पालुङटार नगरपालिकाले आज सार्वजनिक बिदा दिएको छ । ऐतिहासिक लिगलिगे दौड हुने भएकाले आज एक दिन सार्वजनिक बिदा दिइएको हो । असोज २० को कार्यपालिका बैठकले दौड हुने दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । असोज २९ गते नगरपालिका क्षेत्रभित्रका सबै वडा कार्यालय, शैक्षिक संस्था लगायतमा बिदा हुने नगरपालिकाले
बाजुरा । दसैँ सुरु भएसँगै बाजुराको सदरमुकामसहित विभिन्न बजार तथा गाउँघरमा चहलपहल बढ्न थालेको छ । विभिन्न कामकाजका लागि बाहिरिएका गाउँ फर्कने तथा दसैँका लागि आवश्यक सामग्री खरिद गर्न सर्वसाधारण बजार आउन थालेपछि चहलपहल झन्
२९ असोज, काठमाडौं । आज नवरात्रको पाँचौं दिन दशैं घर वा पूजा कोठामा नौ दुर्गामध्येकी पाँचौं स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल पञ्चमी अर्थात् दुर्गा पक्षको पाँचौं दिन स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिन्छ । नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत लगायत देवी स्तोत्र पाठ समेत गरिन्छ